Category: Herne Katha May 5, 2022

कमला - नदीका कथा

नदीको गुण बग्नु मात्र होइन, बाटो फेर्नु पनि हो । कमलाले पनि आफ्नो उत्पत्ति यता कैयौं पटक बाटो फेरिसकेको छ । जब नदीले बाटो फेर्छ तब बस्तीहरु संकटमा पर्छन् । चुरेबाट रसाएर बग्ने कैंयौं खहरे खोलाहरुले विशाल फाँटहरु भिजाउँछन् । अनि खोलाको स्वरुप फेरिँदा तिनै खोलाहरुले आँखा पनि भिजाउँछन् ।