Category: Herne Katha May 5, 2022

वागमती - नदीका कथा

काठमाडौं उपत्यकाको मानव सभ्यताका प्राचीन कथादेखि अविरल बगिरहेको छ वागमती । सुन्दरीजल नजिकैको वागद्वारदेखि रसाएको वागमतीले काठमाडौं उपत्यका छोड्नु अघि यहाँका अरु स-साना खोलानालाहरु पनि आफूसँगै समेट्छ । घना काठमाडौंका फोहर मैला बगाउँदै हिँड्ने वागमती लामो यात्रापछि तराई पुग्दा सङ्लो भइसकेको हुन्छ ।