Category: Dhukka Aug 12, 2022

संघीयदेखि स्थानीय तहसम्म, हरेक विपद्को सामना गर्ने सरकारी संयन्त्र कति भरपर्दो ?

- नेपालमा भूकम्प, बाढी-पहिरो, डुबान, चट्याङ, आगलागी, सवारी दुर्घटना जस्ता विभिन्न किसिममा प्राकृतिक तथा गैरप्राकृतिक विपद् आइपरिरहेका छन् । विपद्का विभिन्न घटनाका परेर विगत एघार वर्षमा ४,५४६ जनाले ज्यान गुमाएको सरकारी तथ्याङ्क छ । १२,५०० भन्दा बढि परिवार प्रभावित भएको र ४१ अर्ब ५६ करोड बढि रकम धनमालको क्षति भएको देखिन्छ । यो २०७२ को भूकम्प बाहेकको तथ्याङ्क हो । विपद्का यस्ता घटनाहरूको जोखिम न्युनीकरण गर्ने र त्यसको व्यवस्थापनकालागि सरकारका संयन्त्रहरूले कसरी काम गरिरहेका छन् ? छलफलमा हुनुहुन्छ: # प्रदिपकुमार कोईराला, सहसचिव, गृह मन्त्रालय - प्रमुख, विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा # सुर्यबहादुर खत्री – प्रमुख जिल्ला अधिकारी बाँके # मनकला कुमारी चौधरी – उपप्रमुख, राजापुर नगरपालिका बर्दिया