Category: Entertainment Jan 30, 2024

सगुन ठेकी भनेको के होत ?

नेपाली फिल्म इष्ड्रष्टिमा दैनिक जसो नयाँ नयाँ फिल्महरु आइरहेका छन । जसमा केहीमा पुरानै अनुहार दोहोरिएका देखिन्छन भने केही फिल्ममा नयाँ अनुहार आउने गरेका छन । जसमध्ये केही फिल्म नयाँ आधुनिक कथामा निर्माण भइरहेका छन भने केही फिल्महरु पुरानो कथालाई जीवन्त बनाइ पुरानो संस्कार र संस्कृतिमा पछ्याइरहेका छन ।

गाउघरको कथाबस्तुलाई समेटेर नयाँ चलचित्र ‘सगुन ठेकी’ नामक नेपाली फिल्म निर्माणको तयारीमा छ । चलचित्र ‘सगुन ठेकी’ फुर्वा लिम्बुले निर्माण गर्न लागेका हुन । चलचित्र ‘सगुन ठेकी’ लाई राइ जेठा रामचन्द्रले निर्देशन गर्ने भएका छन । चलचित्रमा केही पुराना कलाकार र केही नयाँ कलाकार छनौट गरिएको निर्देशक राई जेठा रामचन्द्र बताउछन । राई जेठा रामचन्दको कथामा रहेको चलचित्रको छाया कान गर्न पुर्व तयारी भइसकेको छ|चलचित्रमा रामचन्द्र अधिकारी , सुरबिर पन्डीत , डोल्मा शेर्पा , मन कुमारी राई , मुना लिम्बू , बबिना राई , रेबिका राई , प्रकाश राई , निप्सुग्मा राई , उतम राई, सम्झना अर्मनी राई , सबिना तामाङ , लभ्ली तुल्शी , राजकुमारी राई , माधब बिन्दास कार्की , दिपेन तामाङ भाले डन, सुसन राई , चन्द्र शेखर शाही, चन्द्र लुगेलि मगर, टेन्सन ब्रो, भुवान गहतराज, रन्जिता तामाङ, सिम्रन राई, मन कुमार कुमार दर्नाल, जीवन सुर्खेत, सजिना अधिकारी, प्रज्वोल खान लगाएतका कलाकार घोषणा गरिएको छ । चलचित्रमा ४ जना पुराना तथा बरिष्ठ कलाकार भदौमा नै आवद्ध गराउने निर्देशकले बताए । राम चन्द्र राई फुर्ब लिम्बु समेत अभिनय गर्दैछन् । २०८१ भदौ १९ गते शुभ मुहुर्त गरिने चलचित्रका निर्देशक राई जेठा रामचन्द्रले बताएका छ । निर्देशकका अनुसार चलचित्रमा अधिकांश कलाकार छनौट भइसकेको र केही कलाकारको नाम घोषणा गर्न बाँकी रहेको बताए।
चलचित्र पुर्वका १८ वटा जिल्लामा छायाँकन गरिने निर्माण पक्षले जनाएको छ । चलचित्र २०८१ सालको होली पर्वको अवसर पारेर प्रदर्शनमा ल्याइने निर्देशक राई जेठा रामचन्द्रले बताइएको छ । चलचित्रमा राई जेठा को निर्देशन र कथा , वीर मास्टरको दोन्द निर्देशक र सुमन भट्टराईको छायांकन , सुजित श्रेष्ठको नृत्य निर्देशन र सुमन श्रेष्ठको मेकअप रहने छ । । चलचित्रमा गायक राजेश पायल राई , बिक्रम राई , मेलिना राई र मिलन नेवार, गायक तथा संगीतकार सन्तोष प्रगाडको स्वरमा गित तयार भै रहेको जानकारी दिएका छन भने चलचित्र निर्माणको सम्पूर्ण ब्यवस्थापकीय जिम्मेवारी सम्झना अर्मनी राईले गर्ने बताइएको छ ।

चलचित्रले गाउँघरको संस्कार सस्कृती तथा माया प्रेमको लडाईको कथा रहने खुलाईएको छ ।

हामी मानव जाती को संरक्षण र सस्कार सस्कृती को नेपालीपन नाम एउटा सगुन ठेकी हो जुन यी नाम ले एक परिवार बाट अर्को परिवार लाई जोड्ने एउटा हाम्रो नेपाली सस्कार सस्कृती को माध्यम हो । सगुन ठेकी लाई अझ बर्णन गर्दा बिबाह बन्दन मा जोडिन को लागि गरिने सस्कार लाई सगुन ठेकी भनिन्छ जुन केटा पक्छे ले केटि पक्छे माग्न जादा केटि पक्छे बाट अनुमती पाए पछि केटा पक्छे बाट केटि पक्छे लाई सगुन ठेकी दिएर मागुनी भयो भन्ने बुझिन्छ र त्यसपछी बिबाह को लागि प्रस्ताब केटा पक्छे बाट केटि पक्छे लाई आग्रह गरिन्छ सगुन मत्लब एक अदुवा को पात सुकुमेल सगै हुन्छ ठेकि मल्तब कठुवा मा रक्सी राखिएको हुन्छ केटि पक्छे ले राजी खुसी भए पछि त्यो अदुवा को पात चामल र कठुवा मा भएको रक्सी हुनेवाला जोडि र गाउँ समाज लाई पनि खुवाईन्छ यस लाई सगुन ठेकी भनिन्छ यो सस्कार प्राय नेपाल को पुर्बी जिल्ला मा बसोबास गरेको किराँती बस्ती हरुमा यो सस्कार सस्कृती को मुल पहिचान रहेको छ । गाउँ घर कै कथामा बन्ने सगुन ठेकी चलचित्र एउटा किराँती सस्कार सस्कृतीलाइ
विशेष जोड दिएको निर्देशक राई जेठा रामचन्द्र बताउछन ।