Category: Environment Jan 30, 2024

३५ विद्यालयले वातावरण संरक्षण कार्यक्रम सञ्चालन गर्ने

काठमाडौँ । देशभरका ३५ विद्यालयले विद्यालय केन्द्रित वातावरण संरक्षण कार्यक्रम सञ्चालन गर्ने भएका छन् । 

विद्यालयस्तरबाटै वातावरण संरक्षण गर्ने उद्देश्यले वातावरण विभागले विद्यालय केन्द्रित वातावरण संरक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

यस वर्ष यो कार्यक्रम सञ्चालनका विभागले गएको भदौ महिनामा प्रस्ताव माग गरेको थियो । 

सोअनुसार कोसी प्रदेशका ७, मधेस, कर्णाली र गण्डकीका ४÷५, बागमतीका ६, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ५÷५ सामुदायिक विद्यालय छनोट भएका छन् । 

विभागका सूचना अधिकारी सरोजा अधिकारीकाअनुसार छनोट भएका विद्यालयसँग सम्झौता भइसकेको छ । 

यी विद्यालयले वातावरण संरक्षणका लागि विद्यार्थीको प्रत्यक्ष संलग्नतामा कार्यक्रम गर्ने अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो । 

वातावरण संरक्षणका लागि विद्यालयले गरेका क्रियाकलाप सम्पन्न भएपछि सहायता रकम भुक्तानी गरिनेछ । 

विद्यालयले प्राप्त गर्ने सहायता रकमको सीमा १ लाख ४५ हजार रुपैयाँसम्म रहेको वातावरण विभागले जनाएको छ ।  छनोट भएका विद्यालयलाई यथाशीघ्र काम सुरु गर्न र प्रभावकारी कार्यक्रम सञ्चालन गर्न विभागले अनुरोध गरेको छ ।